अर्थ संसार, काठमाडौं - उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एकापसमा गाभिने सहमति गरेका छन् । यी दुई संस्थाबीच एकापसमा गाभिनेसम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
 
सहमतिपत्रमा उन्नति माइक्रोफाइनान्स सञ्चालक समितिका अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्त सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गर्नुभएको छ ।
 
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ । हाल उन्नतिको चुक्ता पूँजी रु आठ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्थाको रु एक  करोड ४० लाख रहेको छ । दुवै संस्थाबीच आगामी पुस महिनाभित्र एकीकृत कारोबार गर्ने भएको छ । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार हुनेछ । 
एक आपसमा गाभिए पश्चात् दुवैै वित्तीय संस्थाको लघुवित्त बैंकिङ प्रणाली, वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्घि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गरिने भएको छ । 
दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई सबल पूँजी भएको उत्कृष्ठ राष्ट्रियस्तरको वित्तीय संस्थामा स्थापित हुने लक्ष्य राखेको छ । दुई वित्तीय संस्थाहरु एकापसमा गाभिई बन्ने वित्तीय संस्थामा सात सञ्चालक हुनेछन् ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस