Like us!
Follow us!
Connect us!
Watch us!

गलबन्दी नायिका अञ्जली अधिकारीको ‘मुटु किन...’ सार्वजनिक

मिलन खड्का

आइतबार, १२ साउन २०७६, १८ : ५५ मा प्रकाशित

अर्थ संसार,काठमाडौं-नब गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन...’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

फूलचन्द्रमा एल्बममा रहेको गीत ‘मुटु किन...’को भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने सम्पादन विकास धमलाले गरेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीत स्रोता-दर्शकमाझ पस्किएका छौ, यसले सबैको मन जित्नेमा हामी आशावादी छौ’, सङ्गीतकार हरि लम्सालले भने 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको