Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सुविधामा जीवन बीमा कम्पनीहरूको ५ अर्बभन्दा बढी खर्च — कुन कम्पनीको कति ?

अर्थ संसार

मंगलबार, २३ असार २०८३, १० : २४ मा प्रकाशित

कर्मचारी सुविधामा जीवन बीमा कम्पनीहरूको ५ अर्बभन्दा बढी खर्च — कुन कम्पनीको कति ?

चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका १४ वटा जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च (तलब, भत्ता, बोनस तथा अन्य सेवा-सुविधाहरू) मा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी कम्पनीहरूको कुल कर्मचारी खर्च ११.४८ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

जुन अघिल्लो वर्ष ४ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ मात्र रहेको थियो।

रकमका आधारमा आफ्ना कर्मचारीहरूका लागि सबैभन्दा धेरै खर्च गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स पहिलो स्थानमा देखिएको छ। यस कम्पनीले तेस्रो त्रैमाससम्म ७० करोड १ लाख रुपैयाँ खर्च गरेको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाल लाइफले १७.६९ प्रतिशतको वृद्धिसहित ६७ करोड ४१ लाख रुपैयाँ खर्चिएको छ।

यसैगरी सूर्यज्योति लाइफले ४९ करोड ९७ लाख रुपैयाँ, नेशनल लाइफले ३९ करोड ७९ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३७ करोड ३ लाख रुपैयाँ कर्मचारी सुविधामा उपयोग गरेका छन्।  आईएमई लाइफको ३३ करोड ८ लाख, एलआईसी नेपालको ३२ करोड ६ लाख, रिलायबल नेपाल लाइफको ३१ करोध ९९ लाख र प्रभु महालक्ष्मी लाइफको ३१ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ। बाँकी कम्पनीहरूमा सन नेपाल लाइफले २८ करोड ५३ लाख, मेट लाइफले २८ करोड १२ लाख, सिटिजन लाइफले २७ करोड ६५ लाख र एशियन लाइफले २६ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन्।

यता रकमको आधारमा सबैभन्दा कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी (१३ करोड ६५ लाख रुपैयाँ) रहेको छ । तर प्रतिशतका आधारमा भने यही कम्पनीको खर्च सबैभन्दा धेरै अर्थात् ९३.२९ प्रतिशतले बढेको देखिन्छ।

प्रतिशत वृद्धिकै आधारमा रिलायबल नेपाल लाइफ २८.६८ प्रतिशतसहित दोस्रो स्थानमा छ भने आईएमई लाइफको १९.२१ प्रतिशत, नेपाल लाइफको १७.६९ प्रतिशत र एलआईसी नेपालको खर्च १४.०७ प्रतिशतले बढेको छ।

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको