अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले येही मंगलबार आफ्नो विशेष साधारणसभा सम्पन्न गर्दै हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गरेको छ।   
बैंकले मूल्याङ्कन प्रतिवेदनको अनुसार हाथवे फाइनान्स कम्पनीको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत गरेका थिए।  
साधारण सभामा जनता बैंक सँगको मर्जरको विषयमा पनि कुरा उठेको थियो। शेयर होल्डरले मर्जरकोको कारण आफूहरूले लगानी होल्ड भएकोले सकभर चाडो  मर्जर टुगाउन आग्रह गरे।  
सभामा जनता बैंकको कर्मचारी समायोजनको र बॉर्डमा नै हुन लागेको मर्जर प्रति असन्तुष्टि रहेको खबर बाहिर आएकोले मर्जर तोडिने पोहोकी भन्ने त्रसिद रहेको बताए।  
आन्तरिक कलहमा जनता बैंक,बिग मर्जर भाँडिने सङकेत
तेस्को जवाफमा ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्र प्रसाद ढकालले आफू निरन्तर जनता बैंकको संचालकहरु संग नियमित संवादमा रहेकोले बहिर आएको कुरा सबै हल्ला मात्र रहेको बताए। Swap Ratio को बारेमा ढकालले अहिले DDA भइ रहेको र DDA पछिको रिपोर्टको आधारमा Swap Ratio तय गरिने बताए।    
विशेष साधारण सभामा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमईले बैंकको शाखा सञ्जाल र पूँजीगत आधार समेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताउनुभयो ।
हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४१, कूल निक्षेप रु. १२५ अर्ब भन्दा बढी, कूल कर्जा रु. ११४ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या करिब ११ लाख पुग्नेछ । 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस