अर्थ संसार, काठमाडौं– नेपाल उद्योग परिसंघको पदाधिकारी समितिको बैठकले परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीलाई परिसंघको प्रवक्ता तोकेको छ ।
प्रवक्ताको जिम्मेवारी सम्हाल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रले उठाएका एजेण्डाहरुलाई स्थापित गर्दै परिसंघको भूमिका बढाउन आफू क्रियाशिल रहने बताउनु भयो । सरकार तथा सार्वजनिक सरोकारका सबै निकायसँग थप साझेदारी तथा समन्वय विस्तारमा आफ्नो प्रयास केन्द्रित रहने पनि उपाध्यक्ष तथा प्रवक्ता अधिकारीले उल्लेख गर्नु भयो ।
चितवन उद्योग संघको पूर्व अध्यक्ष रहनु भएका अधिकारीले परिसंघमा यस अघि पनि परिसंघ प्रदेशहरुको सञ्जाल विस्तार र जिल्ला संघहरुसँगको सम्बन्ध बढाउने कार्यमा सफलतापूर्वक जिम्मेवारी निभाउँदै आउनु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस