Like us!
Follow us!
Connect us!
Watch us!

महिला चेम्बर र सनराइज बैंकबीच सम्झौता

शुक्रबार, १७ साउन २०७६, ०८ : ५५ मा प्रकाशित

महिला चेम्बर र सनराइज बैंकबीच सम्झौता

अर्थ संसार, काठमाडौं - नेपाल महिला चेम्बर र सनराइज बैंक लिमिटेडबीच व्यापार साझेदारी सम्झौता भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलबीच आज व्यापार साझेदारी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

 सम्झौतापत्रमा महिला चेम्बरमा आबद्ध महिला सदस्यलाई बैंकको तर्फबाट कर, लेखा र वित्तसम्बन्धी परामर्शमूलक विविध कार्यक्रम आयोजना गर्ने उल्लेख छ ।

कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष श्रेष्ठले महिला उद्यमीलाई आत्मविश्वास दिलाउन सम्झौताले सहयोग पुग्ने बताउनुभयो । “महिला उद्यमीले कर, लेखा र बित्तसम्बन्धी जानकारी सहजै हासिल गर्न सक्ने वातावरण तयार गर्न यो प्रयास कोशेढुङ्गा बन्नेछ”, उहाँले भन्नुभयो ।

 सनराइज बैंकका कार्यकारी अधिकृत पौडेलले महिला उद्यमीलाई सम्झौतासँगै व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण हुने बताउनुभयो । उहाँले चेम्बरमा आबद्ध महिला आयातकर्ता र निर्यातकर्तालाई विद्यमान बैङ्किङ सुविधाबारे जानकारी पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको