Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

सोमबार, २० साउन २०७६, १० : ५८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज ९सोमबार० अपरान्ह ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७६ साल कात्तिक १९ गते परिपक्व हुनेछ । यस अघि साउन १३ गते केन्द्रीय बैंकले करिब १० रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग बाँडफाँट हुने गर्दछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको