Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अरु बैंकलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंक, कमायो ५ अर्ब ३२ करोड नाफा

अर्थ संसार

विहीबार, ३० साउन २०७६, ०९ : २३ मा प्रकाशित

नाफामा अरु बैंकलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंक, कमायो  ५ अर्ब ३२ करोड नाफा

अर्थ संसार, काठमाडौं-  राष्ट्रिय वाणिज्य बैंकले  गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस बैंकले  ५ अर्ब ३२ करोड नाफा आर्जन गरेको छ ।

सरकारी स्वामित्वको सो बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो।  एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंक एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। 

बैंकले अघिल्लो आर्थिक वर्षमा एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १७ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। ९ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको  जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ गरेको छ।

बैंकको सीडी रेसियो ७२.७८ प्रतिशत छ । कस्ट अफ फण्ड ३.५२ प्रतिशत रहेको बैंकको स्प्रेड दर ४.४६ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ५९.२४ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५९.१७ रुपैयाँ कायम भएको छ भने ४.२८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर २.९० प्रतिशतमा सीमित पार्ने सफलता पाएको छ । अघिल्लो वर्ष ११.२७ प्रतिशत रहेको क्यापिटल एडेक्वेसी रेसियो यो वर्ष १३.२० प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष ६८.६७ प्रतिशत रहेको सीडी रेसियोलाई बैंकले समीक्षा अवधिमा ७४.०८ प्रतिशत पुर्याएको छ । यसले सरकारी स्वामित्वको यो बैंक पछिल्लो समय व्यवसाय विस्तारमा आक्रामक बन्दै गएको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको