अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेनज (नेप्से) मा मंगलबार नेको इन्सुरेन्स लिमिटेडको बोनस शेयर मूल्य समायोजन भएको छ ।
स्टकको अनुसार १२ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । समायोजनपछि शेयर कारोबार प्रतिकित्ता ४०३ रुपैयाँ ५७ पैसालाई आधार मानेर खुलेको छ ।
हाल नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस