Like us!
Follow us!
Connect us!
Watch us!

वैशाखपछि झन्डै १२ हजार बढ्यो सुनको भाउ, आज पुग्यो कति?

मिलन खड्का

बुधबार, ०४ भदौ २०७६, १४ : ३५ मा प्रकाशित

वैशाखपछि  झन्डै १२ हजार बढ्यो सुनको भाउ, आज पुग्यो कति?

अर्थ संसार, काठमाडौं–   सुनको मूल्य आज पनि  बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार  ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ७१ हजार ३००  रुपैयामा कारोबार भईरहेको छ ।
 
त्यसैगरी मंगलवार ७० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७१ हजार  रुपैयामामा कारोबार हुँदै छ  ।
    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ६१ हजार १३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६० हजार ८७५ रुपैयाँ  कायम गरेको छ।
 
तेसैगरी आज प्रति तोला चाँदीको मूल्य ८३० रुपैयाँ  कायम गरेको छ ।
 
सुनको बजार मुल्य केही दिन देखी लगातार माथि उक्लिने क्रममा छ। अन्तर्राष्ट्रिय बजार मै केही दिन देखी सुनको भाउ  बढने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अमेरिका इरानबीचको बदिरहेको तनाव तथा अमेरिका चीन व्यवपार तनाबको  असरले गर्दा  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उक्लिने क्रममा छ  ।

वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन ५  महिना पछी झन्डै १२ हजार रुपैया बढेको छ । 

सुनको भाउ बढे सँगै बजारको सुनपसलमा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहकको सङ्ख्या हुवाट्टै बढेको एक सुन व्यवसायी बताउछन । बजारमा सुन बेच्नेको चाप बदेपछी आफ्नो व्यवसाय धरापमा परेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको