अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका वडा न १४, नैकापमा कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रा लि बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक श्री रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा लि का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक श्री अनुप मणि ढकालज्यूले हस्ताक्षर गर्नुु भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा (TATA) कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ख प्राÞ लि बाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ । भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने NADA अटो शोमा यस बैकको स्टल न E20 बाट थप जानकारी पाउन सक्नुहुनेछ ।
यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस