Like us!
Follow us!
Connect us!
Watch us!

बाल्ट्राको डिलर मिट टूगेदर अहेड सम्पन्न

मिलन खड्का

मंगलबार, १० भदौ २०७६, ११ : ४२ मा प्रकाशित

बाल्ट्राको डिलर मिट टूगेदर अहेड सम्पन्न

अर्थ संसार,काठमाडौं– बाल्ट्रा होम एप्लाइन्सेस्ले काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो डिलर मिट सम्पन्न गरेको छ । डिलर मिटमा २५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो । बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर साथ र समर्थनको प्रशंसामा उक्त टूगेदर अहेड नामक इभेन्ट आयोजना गरेको थियो ।

उक्त इभेन्टको अवसर पारेर बाल्ट्राले आफ्नो बिग एप्लाईन्सेस्का नयाँ रेञ्जहरु लन्च गरेको थियो । उक्त इभेन्टको मुख्य आकर्षणको रुपमा बाल्ट्राले ए.सि., स्मार्ट द्धप् टि.भि., म्यूजिक सिस्टम, डिप्फ्रिज, रेफ्रिजेरेटर र वासिङ्ग मेसिन लन्च गरेको थियो । मनोरञ्जनले भरिपूर्ण उक्त डिलर मिटमा उत्कृष्ट डिलरहरुलाई अवार्डद्वारा सम्मानित गरिएको थियो ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १५ वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको