Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकले गर्यो एकैपटक १४ वटा नयाँ शाखा कार्यालयको उद्घाटन (फोटोफिचर)

विहीबार, १२ भदौ २०७६, १० : ४९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले गर्यो एकैपटक १४ वटा नयाँ शाखा कार्यालयको  उद्घाटन (फोटोफिचर)

अर्थ संसार,काठमाडौं– माननीय अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२  जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गर्नुभएकोे छ । यस पछी बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ ।

उद्घाटन भएका नयां शाखाहरुमा झापा जिल्लाको वाह्रदशी गाउंपालिका वडा न. ४ स्थित शाखा कार्यालय चकचकी, मोरङ्ग जिल्लाको धनपालथान गाउंपालिका वडा न. ४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौं जिल्लाको काठमाडौं म.न.पा.वडा न. ३२ स्थित शाखा कार्यालय कोटेश्वर, कठमाडौं जिल्लाको टोखा न.पा.वडा न. ७ स्थित शाखा कार्यालय टोखा, तनहुं जिल्लाको शुक्लगण्डकी न.पा.वडा नं. ६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मी जिल्लाको कालीगण्डकी गाउंपालिका वडा न. ४ स्थित शाखा कार्यालय पूर्तिघाट, नवलपुर जिल्लाको देवचुली न.पा. वडा नं. १६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तु जिल्लाको शिवराज न.पा.वडा नं. ८ स्थित शाखा कार्यालय चन्द्रौटा, दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित शाखा कार्यालय घोराही, पर्सा जिल्लाको पोखरीया न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुर जिल्लाको भिमफेदी गाउंपालिका वडा नं. ६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा न.पा वडा नं. ६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहट जिल्लाको चन्द्रपुर न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय चन्द्रपुर, महोत्तरी जिल्लाको पिपरा गाउंपालिका वडा नं. ४ स्थित शाखा कार्यालय पिपरा रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा भएको समारोहमा प्रमुख अतिथि माननीय अर्थमन्त्री डा.युबराज खतिवडाले  पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्ने बताउनुभयो । उहांले सामाजिक बैंकिङ्ग सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताउनुभयो ।

उहांले बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहूचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने बताउनुभयो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन रा.वा.बैंक खरो रुपमा उत्रेको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले समिति स्रोत साधनको अभावमा पनि रा.वा.बै.कले उत्कृष्ठ सेवा सहित सवोत्कृष्ठ मुनाफा गरेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले बैंकिङ्ग प्रविधिलाई आत्मासाथ गरि समग्र बैंकको सुदृढिकरणको लागि Clean & Smart RBB with Consolidation  अभियान संचालन गरिरहेको बताउनुभयो ।

उक्त समारोहमा नेपाल राष्ट बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, कार्यकारी निर्देशकहरु देबकुमार ढकाल, मुकुन्दकुमार क्षेत्री, राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबिन्द्रलाल श्रेष्ठ, अर्जुनबहादुर अधिकारी, डा. माधब प्रसाद दाहाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रदेश कार्यालयका प्रमुख, कम्पनी सचिव, काठामाडौं उपत्यका भित्रका शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

5d6768a77565c.jpg 5d6768aa1a396.jpg 5d6768ad20d26.jpg 5d6768af081d0.jpg 5d6768b4182d9.jpg 5d6768b780f8e.jpg 5d6768b8662ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको