Like us!
Follow us!
Connect us!
Watch us!

चाडपर्वले राष्ट्रिय एकता सुदृढ : मुख्यमन्त्री गुरुङ

dibesh

सोमबार, १६ भदौ २०७६, ११ : ०५ मा प्रकाशित

चाडपर्वले राष्ट्रिय एकता सुदृढ : मुख्यमन्त्री गुरुङ

अर्थ संसार, काठमाडौ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

 आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
  
नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पु¥याइरहेको मुख्यमन्त्रीले सन्देशमा व्यक्त गर्नुभएको छ ।

उहाँले हाम्रा सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा यिनीहरुका मौलिक पक्षहरुलाई जीवित राख्न र मितव्ययीता अपनाउन आवश्यक हुन्छ भन्नुभएको छ । मुख्यमन्त्री गुरुङले तीज पर्वले सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई प्रगाढ बनाई आर्थिक, सामाजिक एवं सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिनुभएको छ । 
––– रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको