Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक भोली

dibesh

बुधबार, १८ भदौ २०७६, ११ : ०८ मा प्रकाशित

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक भोली

अर्थ संसार, काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

पार्टीले हिन्दू राष्ट्र कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गर्ने विषयमा सबै प्रदेशका नेतासँग सुझाव लिने उक्त बैठकमा अध्यक्षद्वय राणा र डा लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल गरी महङ्गी, भ्रष्टाचार नियन्त्रणलगायत विषयमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा सञ्चालन गर्ने राजनीतिक गतिविधिकाबारे बैठकले निर्णय लिनेछ । पार्टीले हिन्दू राष्ट्रको महत्वकाबारे जनताको घरदैलोमा पुगेर बुझाउनका लागि आगामी कात्तिकमा जनकपुरदेखि रथयात्रा गर्ने कार्यक्रम छ । 

यसैबीच कमल थापा नेतृत्वको राप्रपाले तेस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही भदौ २३ गतेदेखि २५ गतेसम्म सिन्धुलीबाट शुरु गरी काभ्रेपलाञ्चोकमा समापन गर्ने भनेकामा वर्षाका कारण स्थगित गरेको नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रको राजमार्गमा अवरोध देखिएको र साना–ठूला यातायातका साधन सहज ढङ्गबाट आवागमन गर्न असहज भएको हुँदा उक्त यात्रा हाललाई स्थगित गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको