Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउले आकाश चुम्दै, ७३ हजार ५०० रुपैयाँ

अर्थ संसार

बुधबार, १८ भदौ २०७६, ११ : ३० मा प्रकाशित

सुनको भाउले आकाश चुम्दै, ७३ हजार ५०० रुपैयाँ

अर्थ संसार, काठमाडौं – नेपालीहरुको महान पर्व दशैं र दिपावलीको मिति नजिकिदै गर्दा सुनको भाउ दिनप्रदिन बढ्दै गएको छ । बुधबार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो ।

बुधबार छापावाल सुनको मूल्य ७३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । यता, तेजाबी सुनको मूल्य पनि मंगलबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले नै बढेर बुधबार ७३ हजार २०० रुपैयाँ पुगेको छ ।
 
यसअघि गत भदौ ९ गते पनि सुनको भाउ प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा नै पुगेको थियो । यस्तै, चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँ पुगेको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइसकेको छ । आम उपभोक्ताले आफूसँग भएको गहना बेच्न चाहे पनि सुनचाँदी व्यापारीले खरिद नगरेको गुनासो गरिरहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको