Like us!
Follow us!
Connect us!
Watch us!

लायन्स क्लब अब गाँजाको बोट नष्ट गर्ने अभियानमा

dibesh

बुधबार, १८ भदौ २०७६, १२ : ०१ मा प्रकाशित

लायन्स क्लब अब गाँजाको बोट नष्ट गर्ने अभियानमा

अर्थ संसार, काठमाडौ – लायन्स क्लब अफ काठमाडौ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ ।

    पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताउनुभयो । “युवा पुस्तामा लागुऔषध प्रयोगको कुलतले समाजमा भइरहेको विकृतिलाई निर्मूल पार्ने उद्देश्यले सामाजिक संस्था र प्रहरी प्रशासनको सहयोगमा गाँजाको बोट नष्ट गरेका हौँ”, बस्नेतले भन्नुभयो, “हामीले पहिलो चरणमा पनौती पशुपतिनाथ मन्दिर परिसरदेखि सङ्घीय प्रहरी गुल्म प्रदेश नं ३ पनौती ठाडोबाटोसम्मको करीब एक किलोमिटरभित्रका पुन्यमाता करिडोर आसपासका गाँजाका बोट नष्ट गरेका छौँ ।”

    अभियानमा सङ्घीय प्रहरी गुल्म प्रदेश नं ३ पनौती ठाडोबाटोका गुल्मपति र प्रतिनिधि, पनौती प्रहरी चौकीका प्रमुखलगायतका प्रतिनिधि, लायन्स क्लब अफ काठमाडौँ जोन प्रेसिडेन्ट भोला थापा तथा क्लबका प्रतिनिधिलगायत स्थानीय समाजसेवीको उल्लेख्य उपस्थिति रहेको थियो । आगामी दिनमा नगरका मुख्य क्षेत्रमा भएका गाँजाका बोट नष्ट गर्दै जाने उहाँले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको