Like us!
Follow us!
Connect us!
Watch us!

अस्पतालमा डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

dibesh

विहीबार, १९ भदौ २०७६, १२ : ५० मा प्रकाशित

अस्पतालमा डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

अर्थ संसार, काठमाडौ – प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । 
    सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिनुभएको थियो । 
    मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि सरल र छरितो स्वास्थ्य उपचारसेवा प्रदान गरेको पाएको बताउनुभयो । 
    “कम्प्युटर प्रणालीबाट टिकट काट्ने, बिरामीको ल्याबको रिपोर्ट बिरामीकै इमलेमा आउने जस्ता सहजताले अस्पतालमा सुधार हुँदै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले हरेक श्ययामा अक्सिजनको पाइप पुगेकाले उपचारमा थप सहजता भएको छ ।” 
    मन्त्री दुलालले अस्पतालले सरसफाइमा अझै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, शल्यक्रिया कक्ष आदिको निरीक्षण गर्नुभएको अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । 
    डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढेपछि सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गर्नुभएको हो । 
    हेटौँडा अस्पतालमा हाल आकस्मिक कक्षमा प्रतिश्यया दुई जनाका दरले बिरामीलाई राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । ––– रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको