Like us!
Follow us!
Connect us!
Watch us!

अपर नौगाडले असोज पहिलो साता विद्युत् उत्पादन थाल्ने

अर्थ संसार

विहीबार, १९ भदौ २०७६, १९ : ४७ मा प्रकाशित

अपर नौगाडले असोज पहिलो साता विद्युत् उत्पादन थाल्ने

अर्थ संसार, दार्चुला- दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो ।

 सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रोपावरले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पु¥याएको हो ।

 यसअघि चैतभित्रै विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएकोमा साउन महीनाको बाढी र प्राविधिक कारणले निर्माण कार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले जानकारी दिनुभयो । रु एक अर्ब ८० करोडको लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । आठ मेगावट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युत्को अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ ।

 निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा अपि हाइड्रोपावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो । अहिले विद्युत्गृहमा इलेक्ट्रोनिक मेकानिकल जडान तथा परीक्षणको काम भइरहेको कोइरालाले बताउनुभयो । विद्युत्गृहमा चार÷चार मेगावाट क्षमताका दुइटा युनिट राखिएको आयोजनाले जनाएको छ ।

 भारतबाट विद्युत्गृहको सामान ल्याएर जडान गरिएको छ । विसं २०७५ साउनको बाढीबाट निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएका कारण आयोजनाको लागत र समय थप गरिएको उहाँको भनाइ छ । गत साउनमा आएको बाढीले मात्रै आयोजनामा रु १० करोडको क्षति भएको थियो ।

 नौगाड गाउँपालिका–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको विद्युत्गृहमा खसालिएको छ । पाइपलाइन ९पेनस्टक०को लम्बाइ पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको थियो ।
 
 अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको आयोजना इन्चार्ज कोइरालाले बताउनुभयो ।

 विसं २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरिकै नमूना योजना बनेको थियो । कोइरालाका अनुसार माथिल्लो नौगाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसबिआइ बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेडसमेतको लगानीमा निर्माण भएको हो ।

 यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरण र अपिपावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरीद–बिक्री सम्झौता ९पिपिए० यसअघि नै भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाइ कार्यक्रम भइसकेको आयोजनाले जनाएको छ । दार्चुलाको गुल्जरमा आयोजना निर्माण गर्नका लागि भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो ।

 यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग ग्रीड लाइन तथा  जडानका लागि भने सम्झौता सम्पन्न भइसकेको अपि हाइड्रोपावर कम्पनीले जनाएको छ । शुरुमा साढे आठ मेघावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडेको अपि हाइड्रो पावरले थप आठ मेघावाट क्षमताको अपर नौगाडको निर्माण अन्तिम चरणमा पु¥याएपछि माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको हो ।

 अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख करोड युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । कम्पनीले दशैँपछि निर्माण शुरु गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोडको हिसाबले आयोजनाको कूल लागत रु ७ अर्ब २० करोड लाग्ने अनुमान कम्पनीको छ ।

 विद्युत् प्राधिकरण आफैँले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण लागत प्रतिमेगावाट झन्डै रु ५३ करोड पुगेको थियो । माथिल्लो चमेलिया आयोजनाको निर्माणपछि सुदूरपश्चिम प्रदेशमा विद्युत् आपूर्ति बढ्ने र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास कम्पनीको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको