Like us!
Follow us!
Connect us!
Watch us!

लोकतान्त्रिक ढङ्गबाट नचल्दा समस्या

dibesh

मंगलबार, २४ भदौ २०७६, १३ : ३५ मा प्रकाशित

लोकतान्त्रिक ढङ्गबाट नचल्दा समस्या

अर्थ संसार, काठमाडौ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न नसक्दा जनतामा विस्तारै निराशा छाउँदै गएको आरोप लगाउनुभएको छ । 

प्रेस युनियन उदयपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य केसीले प्रमुख प्रतिपक्षसहितका दलसमेत राम्रोसँग चल्न नसक्दा लोकतन्त्र, सङ्घीयता र गणतन्त्र विरोधीले खेल्ने मौका पाउन थालेको बताउनुभयो ।

       नेता केसीले नेपाली काङ्ग्रेसभित्रको गुटबन्दी चौधौं महाधिवेशन पछि अन्त्य हुने दावी गर्दै गाउँका किसानको सेवा गरेर गरीब मजदूरको स्तर उठाउने गरी काङ्ग्रेस लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 
––– रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको