Like us!
Follow us!
Connect us!
Watch us!

टिभिएस स्वास्थ्यका लागि रमाइलो दौड हुदै

मिलन खड्का

विहीबार, २६ भदौ २०७६, १६ : ३९ मा प्रकाशित

टिभिएस स्वास्थ्यका लागि रमाइलो दौड हुदै

अर्थ संसार, काठमाडौं –नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बामोटर्स प्रा.लि.ले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना“टिभिएस दशैंको दौड” ले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ । टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो ।

देशकाविभिन्नभागहरुमायसप्रकारको म्याराथन दौड संचालनगर्ने लक्ष्यबोकेको जगदम्बामोटर्सले यहीभाद्र २८ गते शनिबार काठमाडौंमापहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजनागर्ने भएको छ ।

उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमाप्रकाशपार्दै कम्पनीका उपाध्यक्ष श्री दीपक अग्रवालले भन्नु भयो “दशैंको चहलपहलले हामीलाई छोइसकेको छ । यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्षल्याएको “टिभिएस दशैंको दौड” प्रतिउपभोक्ताहरुले जुनउत्साहजनक रुचीदर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं । यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्य प्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता जनाउनु भई बडा दशैंको स्वागतमा रमाउनु हुनेछ ।”

रमाइलो दौड नक्साल बाल मन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमापुगी समापनहुनेछ । सबै उमेर सबै समुहका व्यक्तिहरुले भागलिन सक्ने यो खुला रमाइलो दौडमा सहभागीहुने सबैजनालाई  स्योर सट छुटस्वरुप रु.१,०००/- प्रदानगरिनेछ भनें विजेताहरु मध्ये प्रथमहुनेलाई रु.५०,०००/- त्यस्तै द्वितीय स्थानमाआउनेलाई रु.२५,०००/- र तृतीय स्थानमा रहनेलाई रु.१५,०००/- नगद पुरस्कार प्रदान गरिनेछ ।

काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागीबन्नचाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टिभिएस शोरुमहरुमा आफै गई वाhttps://tvsmotors.com.np/dashain मागई अनलाइन मार्फत वा  दौड शुरु हुने दिन नक्साल बाल मन्दिरमै विहान ६ बजे उपस्थित भएर पनि आफ्नो नामद र्ता गराउन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको