Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै (भिडियोसहित)

शनिबार, २८ भदौ २०७६, १९ : १२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन् । बुधबारदेखि सुरु भएको एक्स्पोमा सुरुदेखि नै अवलोकनकर्ताको भिड लागेको थियो । एक्सपोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन् ।

जाने होइन फर्निचर तथा फर्निसिङ एक्स्पो अवलोकन गर्न ? (भिडियोसहित) 

‘शुक्रबारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । शनिबार मात्र २४ हजारले अवलोकन गरेका छन् । आइतबारसम्ममा ८० हजार बढीले मेला अवलोकन गर्ने अवस्था देखिएको छ ।’ इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने ।

प्रदर्शनीस्थलमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको छ । शनिबार ११५ प्रिन्ट रगत संकलन भएको फर्नेक्स २०१९ का संयोकज मनीष अग्रवालले बताए । अग्रवालले शनिबार अवलोकनकर्ताको बाक्लो उपस्थितीका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको अग्रवालले बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले शिर्ष प्रायोजन गरेको छ । एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बनेको छ । एक्स्पो आइतबार समापन हुनेछ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको