अर्थ संसार, काठमाडौं-नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले सर्लाही जिल्लाको मलंगवा नगरपालिका, वडा नं. ८ मलंगवामा भुमि सुधार तथा मालपोत कार्यालयको प्राङ्गणमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टर कार्यालयको मलंगवा नगरपालिका मेयर श्री निर्सल साह ज्यूले २०७६ भदौ २५ गते, बुधबार एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता मलंगवा नगरपालिकाका मेयर श्री निर्सल साहज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख श्री समिर अचार्यज्यूले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रवि प्रसाद श्रीवास्तवले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस