Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य दिनप्रतिदिन ओरालो यात्रामा

अर्थ संसार

आइतबार, २९ भदौ २०७६, १७ : ३० मा प्रकाशित

सुनको मूल्य दिनप्रतिदिन ओरालो यात्रामा

अर्थ संसार, काठमाडौं– पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६०० मा कारोवार भएको थियो ।
 
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार ३०० मा कारोवार भएको थियो ।पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला रु २००÷२०० ले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ ।
 
नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला रु ८४० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु ८७० मा खरीद–बिक्री भएको थियो ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आज विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०।५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रति एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको