Like us!
Follow us!
Connect us!
Watch us!

चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु, सस्तोमा सामान पाइने

अर्थ संसार

बुधबार, ०१ असोज २०७६, १७ : ४० मा प्रकाशित

चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु, सस्तोमा सामान पाइने

अर्थ संसार, काठमाडौं– दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेलासुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेलाको नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पुर्याउने बताउनु भयो । ‘इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि समान किन्ने अवसर प्रदान गर्ने भएकाले नै चेम्बरले एक्सपोलाई प्रवद्र्धन गरेको हो ।’ चेम्बर अध्यक्ष श्रेष्ठले भन्नु भयो ।

ब्राण्डिङमा व्यवसायीलाई पनि मेलाले सहयोग पुर्याउने बताउनु भएका चेम्बर अध्यक्ष श्रेष्ठले प्रदर्शनी स्थलको सही व्यवस्थापनन हुँदा आयोजक तथा प्रदर्शकहरुले समस्या झल्नु् परिरहेको बताउनु भयो । असोज २ देखि ६ गतेसम्मका लागि बुकिङ भैसकेको अवस्थामा समाज कल्याण परिषदले एकाएक मेलालाई एक दिन अघि सार्न लगाएको भन्दै सम्झौता अनुसारको काम गरेर व्यवसायीलाई दुःख दिननहुने बताउनु भयो ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशीतथाविदेशी सामानहरु उपलब्धग राउनकालागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्मसञ्चालनहुनेछ । एक्स्पोमादशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्थाइभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले बताउनु भयो ।

विगतवर्षका मेला अधिक रुचाइए पछि यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको हो । मेलामानेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।

मेलामा जुत्ता तथा चप्पल द्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजार भन्दाबढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताउनु भयो । रन सुजका प्रबन्धनिर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअलतथा पाटर्स सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउने छ ।

‘अफरै अफरको ब्यापारिक मेलाशपिगं गर्ने यहि हो बेलाभन्ने अर्को नारासहितसुरु भएको मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सय भन्दा बढी स्टलहरु रहेकाछन् ।’ इभेण्ट सोलुसनप्रालिका बजार निर्देशक नविन भट्टले भन्नु भयो ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु समेत सञ्चालन हुनेछ ।एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफकमर्शले गरेको हो । ६० हजार उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

5d821e97c4c60.png 5d821e97f2f87.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको