Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वसांसद हरि वैरागी दाहालको निधन

dibesh

शुक्रबार, ०३ असोज २०७६, १३ : ०५ मा प्रकाशित

पूर्वसांसद हरि वैरागी दाहालको निधन

अर्थ संसार, काठमाडौ – पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को प्रतिनिधित्व गर्दै उहाँ सांसद निर्वाचित हुनुभएको थियो । 

राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित हुनुभएको पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिनुभयो । पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उहाँको जन्म भएको थियो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । 

दाहालको पार्थिव शरीरलाई अहिले धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको छ । पार्टी महासचिव विष्णु   पौडेलले पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । दिउँसो १ः०० बजेपछि पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको