Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै डब्लूकेभी

मिलन खड्का

बुधबार, ०८ असोज २०७६, १३ : १९ मा प्रकाशित

बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै डब्लूकेभी

अर्थ संसार, काठमाडौं– जर्मन कम्पनी डब्लूकेभीले नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै गएको छ।  

भखरै मात्र इसुवा इनर्जी प्रालि र  अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आफ्नो प्रोजेक्टको  इलेक्ट्रोमेकानिकल मेसिनको लागि डब्लूकेभी सँग सम्भौता गरेका छन्।  

इसुवा इनर्जी प्रालि आफ्नो ३७.७ मेगावाटको इसुवा खोला क्यासकेड जलविद्युत आयोजना र अरुण भ्यालीले आफ्नो ९.९४ मेगावाटको काबेली ‘बी’–१ को क्यासकेडको लागि जर्मन कम्पनी डब्लूकेभी संग सम्झौता गरेका हुन्। 

अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आफ्नो  पहिलो  ३ मेगावाट  प्रोजेक्ट  पिलुवा खोलामा पनि  डब्लूकेभी कम्पनी कै मेशिन प्रयोग गरेको थियो।  

हरेक वर्ष खोलाको बाहब अर्थात हाइड्रोलोजी परिवर्तन हुदै जाने,सस्ता उपकरण जडान गर्दा पटक–पटक बिग्रेर विद्युत गृह बन्द गर्नु पर्ने समस्या जलविद्युत उत्पादक कम्पनीले झेली रहेको र विद्युत उत्पादन / आम्दानी  घट्दा समस्या बेहोर्न परेको बताउछन डब्लुकेभीका नेपाल प्रतिनिधि तारा सुब्बा।  आफुहरू सुरुमा केही महँगो भए पनि युरोपमा निर्माण तथा उत्पादन भएका उपकरण लामो समय सम्म टिक्ने हुँदा अब आउने दिनमा नेपालका जलविद्युत प्रबर्धक आफूहरु तिर आकर्षित हुने विश्वास सुब्बाको छ।   

   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको