Like us!
Follow us!
Connect us!
Watch us!

महरा दोषी ठहर भएमा कस्तो सजाय हुने?

मिलन खड्का

मंगलबार, १४ असोज २०७६, १५ : २४ मा प्रकाशित

महरा दोषी ठहर भएमा कस्तो सजाय हुने?

अर्थ संसार, काठमाडौं–सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको आरोप लागेको छ ।

संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको आरोप लगाएकी छिन्।    

सबै पक्षको चर्को दबाब पछि  सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाए।

यो घटनाको स्वतन्त्र छानबिन सुरु भयो भने संविधान र मुलुकी फौजदारी अपराध संहिताको व्यवस्था आर्कषित हुने देखिन्छ।

संविधानको भाग ८ धारा ९१ अनुसार कारबाहीको प्रक्रिया अबलम्वन गर्नुपर्ने हुन्छ। महरामाथि लागेको बलात्कारको आरोपका विषयमा मुलुकी फौजदारी संहितासमेत आर्कषित हुने देखिन्छ। 

मुलुकी फौजदारी संहिता २१९(३)को ‘ङ’ अनुसार कारबाही  हुनुपर्ने देखिन्छ। उक्त व्यवस्थामा सात वर्षदेखि १० सम्मको सजाय हुने उल्लेख छ।

महरा सभामुखको जिम्मेवारीमा रहेको र उनकै कार्यालयमा काम गर्ने कर्मचारीले आरोप लगाएकाले संहिताको दफा २२२ को २ पनि थप आर्कषित हुनेछ। उक्त व्यवस्थामा आफ्नो सुरक्षा र संरक्षणमा रहेको व्यक्ति भएमा थप ३ वर्षसम्म कैद सजाय हुने उल्लेख छ। यसरी हेर्दा महरा दोषी ठहर भएमा १३ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको