Like us!
Follow us!
Connect us!
Watch us!

बाघको आक्रमणमा मृत्यु भएका थारू परिवारलाई १० लाख

dibesh

बुधबार, १५ असोज २०७६, १० : ३९ मा प्रकाशित

बाघको आक्रमणमा मृत्यु भएका थारू परिवारलाई १० लाख

अर्थ संसार, काठमाडौ – बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको होे ।

थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरूपमा चेक हस्तान्तरण गर्नुभएको हो । नेपाल सरकारको नियमबमोजिम पीडितका परिवारलाई क्षतिपूतिस्वरुप उक्त रकम हस्तान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । गत भदौको पहिलो साता बारीमा सुँगुरलाई आहारा हाल्न गएका वडा नं १ भुरीगाउँ खानेपानीटोलका ७० वर्षीय  थारूलाई बाघले बारीमै आक्रमण गरी मारेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको