Like us!
Follow us!
Connect us!
Watch us!

रामपुरमा आँखा तथा कानको उपचार सेवा शुरु

dibesh

बुधबार, १५ असोज २०७६, १३ : ३५ मा प्रकाशित

रामपुरमा आँखा तथा कानको उपचार सेवा शुरु

अर्थ संसार, काठमाडौ – पाल्पाको रामपुरमा सञ्चालित कालीगण्डकी आँखा उपचार केन्द्रले कानको उपचार सेवा शुरु गरेको छ । आँखा उपचार सेवा दिँदै आइरहेको केन्द्रले मङ्गलबारबाट कानको उपचार सेवा थप गरेको हो । सेवाको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले शुभारम्भ गर्नुभयो । 
  
    उहाँले यस क्षेत्रको लागि यो सेवा अति आवश्यक रहेकाले नगरपालिकाले पनि कान उपचार सेवालाई प्राथमिकतामा राखेर सहयोग गर्ने बताउनुभयो । कान उपचारको लागि छुट्टै सेवा रामपुरमा नहुँदा सदरमुकाम तानसेनलगायत अन्यत्र ठाउँमा बिरामी जानुपर्ने अवस्था छ । रामपुरमै सहजरुपमा आँखा जाँचसँगै कानको उपचार सेवा दिने उद्देश्यले थप सेवा विस्तार गरेको केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो ।

      दैनिक आँखा जाँच तथा उपचार, मासिक शल्यक्रिया हुँदै आएकोमा अब कानको अप्रेशन बाहेक अन्य उपचार थप भएको उपचार केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिनुभयो । झोलाबाट शुरु भएको आँखा उपचार केन्द्रले अहिले आफ्नै सुविधा सम्पन्न भवनबाट आँखा जाँच सेवासँगै कानको उपचार सेवा शुरु गरेको हो । केन्द्रले कालीगण्डकी बेँसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका नागरिकलाई सेवा दिँदै आएको छ । 

    यही शल्यक्रियासहितको आँखा जाँच तथा कानको उपचार सेवा पाइने हुँदा नागरिकलाई ठूलो राहत पुगेको स्थानीय लक्ष्मी पौडेलले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको