Like us!
Follow us!
Connect us!
Watch us!

देवघाटमा वृद्धग्राम बनाइने

dibesh

बुधबार, १५ असोज २०७६, १६ : ०९ मा प्रकाशित

देवघाटमा वृद्धग्राम बनाइने

देवघाटमा वृद्धग्राम बनाइने
अर्थ संसार, काठमाडौ – देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ । 

    असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो । 

    समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् । यो सङ्ख्या ५० पुर्याइदै छ । कर्मचारी र प्रशासनिकबाहेकका अधिकांश खर्च दाताबाटै पुग्ने गरेको उहाँले बताउनुभयो । समितिको हालैको बैठकले दातालाई उत्प्रेरित गर्न आजीवन र विशिष्ट सदस्यको प्रावधानसमेत बनाएको छ । 

    रु १५ हजार ५०० देखि ५० हजारसम्म दान गर्नेलाई आजीवन र रु ५१ हजारदेखि एक लाखसम्म दान गर्नेलाई विशिष्ट सदस्य बनाउन लागिएको छ । हालसम्म १७ जनाले आजीवन सदस्यता लिएको पौडेलले बताउनुभयो । यसरी नै दाता र राज्यका विभिन्न निकायसँग सहयोग जुटाएर सुविधा सम्पन्न वृद्धग्राम बनाउन लागिएको पौडेलको भनाइ छ । 

    तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा यो विषय उठान भएको भए पनि मूर्तरुप लिन नसकेको पौडेलको भनाइ छ । हाल यस विषयलाई गम्भीररुपमा छलफल गरी अघि बढाइएको र सकारात्मक प्रतिक्रिया आएको पौडेलले बताउनुभयो । साहराविहीन मात्र नभएर वृद्धवृद्धाको सुखमय जीवन बिताएका पनि बस्ने गरी वृद्धाग्राम बनाउन लागिएको हो । 

    समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले वृद्धवृद्धाका लागि आफ्नो समय बिताउने राम्रो स्थल देवघाट भएकाले सबैले वृद्धवृद्धाको सम्मानका लागि सहयोग गर्ने बताउनुभयो । सबैको सहयोगले नमूना वृद्धग्राम बनाउन सकिने निष्कर्ष आफूहरुको रहेको घिमिरेको भनाइ छ । शुरुमा १०० को क्षमताको वृद्धग्राम बनाउने लक्ष्य राखिएको छ । एउटै उमेर समूहका वृद्धवृद्धालाई पूजापाठदेखि सत्संग, ध्यान, प्रवचन, ज्ञान अनुष्ठान आदिमा रमाउन देवघाट उपयुक्त हुने उहाँको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको