अर्थ संसार, काठमाडौं– हन्सराजहुलासचन्द एण्ड कम्पनी प्रा.लि., KTM को एक मात्र वितरक हो । ऐतिहासिक युरोपियन मोटरसाइकल उत्पादक KTM ले काठमाडौंको सानोगौचरनमा नयाँ सर्भिस सेन्टर यही असोज ३० गते खोलेका छ, जसको उद्घाटन हन्सराजहुलासचन्द एण्ड कम्पनीप्रा.लि.का कार्यकारी निर्देशकश्री शेखर गोल्छाले गरेका थिए । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन KTM को नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिलेसम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर हो ।
नयाँ सर्भिस सेन्टरले KTM का ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवाप्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गर्नु हो ।
KTM विश्वभरमै अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमाकुनै अन्य ब्राण्ड अफ–रोड मोटरसाइकल रेसिङ्गमायत्तिको सफलभएको छैन । अहिलेको दिनसम्ममा KTM बाइकहरुले २९१ वटा विश्व च्याम्पियन सिप उपाधिहरु जितिसकेका छन् – जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर र्याली पनि समावेश छन्, त्यो पनि १ पटक मात्रनभएर पूरै १८ पटक!
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस