Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित}

विहीबार, ०७ कार्तिक २०७६, ०५ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  आफ्नो १३ औं वार्षिक साधारणसभा यही असोज १३ मा सम्पन्न गरिसकेको छ । डिल्लीबजारको अमृतभोग पार्टी प्यालेसमा  भएको साधारणसभामा शेयरधनीहरुले  बोल्ने क्रममा संचालक समितिबाट प्रस्तावित प्रस्तावहरु माथि असुन्तुष्टि राख्दै आएका थिए । त्यसैक्रममा शेयरधनी उत्तम पाठकले अन्य शेयरधनीहरु झै  आफनो असन्तुष्टि राखेका थिए ।

साधारणसभामा बोल्दै  पाठकले भने ‘ शेयर बजार धरायसी बन्दै गएको अवस्थामा लगानीकर्ताको मनोबल खस्किदै गएको छ, यस्तो अवस्थामा संचालकहरुले भारी मात्रामा आफ्नो पारिश्रमिक बृद्धिको प्रस्ताव गरेको र सर्वसाधारणलाई लाभांश वितरणमा भेदभाव  छ।’

पाठकले प्रस्तावित संचालकहरुको पारिश्रमिक भत्ता र सुविधामा संचालक समिति तथा उप समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले साबिकको व्यवस्थामा १३ हजार  र संचालक सदस्यहरुले पाउने ११ हजार भत्ता रहेको र साधारणसभाबाट उक्त सुविधालाई ६० प्रतिशत बृद्धि गर्दै अध्यक्षले बैठक भत्ता २० हजार र अरु संचालकहरुले १८ हजार प्रतिबैठकले पुर्याउने प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरे ।

बैठक भत्ता, टेलिफोन ,इन्धन ,पत्रपत्रिका ,स्वदेश तथा विदेश भ्रमण खर्च सबै बैंकले तिर्नुपर्ने हुँदा   बैंकलाई  करोडौँको व्ययभार आइलाग्ने बताए ।

उहाँले सञ्चालक समिति दैनिक बैंक आउन पनि नपर्ने, बैंकमा काम पनि गर्न नपर्ने तर पनि एउटा  बैठकमा आउँदा मात्रै पनि धेरै भत्ता लिने कुरामा असन्तोष व्यक्त गरे । सञ्चालक समितिले भविष्यमा  आउन सक्ने समस्याहरुबाट  जेल जानुपर्ने स्थिति आइपर्न सक्दछ भनेर लिएको हन सक्ने भन्दै गलत गर्यो भने जेल जान पर्छ गलत गरेन भने जेल जान पर्दैन त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन । नियमअनुसार नै लिनुपर्दछ । भनेर  चेतावनि सहितको सुझाव दिएका छन  ।

पाठकले नेपालमा लगानीकर्ता संगठनहरु भएपनि लगानीकर्ता संगठनहरुलाई स्वार्थको अगाडी केही बोल्न नचाहने आरोप लगाएका छन ।   

बैंकको नियमक व्यवस्थाहरुलाई मिलाएर बैंकको १५ प्रतिशत  लाभांशलाई आधार मानेर १ अर्ब ११ करोड  वितरणयोग्य नाफा कमाएको थियो तर उक्त नाफाले  शेयरधनीहरुलाई  लाभांश दिने अवस्था नरहेपछि गत वर्ष  प्रिमियम बैंकमा   जारि गरिएको एफपिओ बाट लाभांश दिइएको कुरो स्मरण गराए ।
    
बैंकले  बैकिङ्ग क्षेत्रको नियमक निकाय नेपाल राष्ट्र बैंकको नितिहरुलाई अवलम्बन नगरेको पनि आरोप लगाउनुभयो ।

पाठकले ठूला आयोजनाहरुमा  नेपालको बैंकहरुले लगानी गर्न सकुन भन्ने पवित्र आशयलाई बुझन नसकेको प्रति दुख व्यक्त गरे । ब्याजदरको विषयमा पनि नेपाल राष्ट्र बैंकले कडाइ गरे पनि सेवाग्राहीअनुसार,उसको व्यवहार,लवाई ,चालढाल अनुसार भेदभाव गर्ने गरेको प्रति गुणासो राखे । खोलिएका अध्यक्ष संघ र बैकर्स संघ पनि सर्वसाधरण सेवाग्राहीको समस्या सुनुवाई हुने ठाउँ नरहेको गुनासो व्यक्त गरे ।

नेपालगञ्जमा ब्रान्च मेनेजरले  गोल्ड लोनमा करोडौँ ठगि गरेको  केस चलेको कुरालाई उद्धत गर्दै  । उक्त मेनेजरको  मृत्यु  सुसाइड बाट हो  हृदयघात बाट भएको हो पत्तो नभएको बताउनुभयो । हस्ताक्षर नभएको चेकबाट रकम  कारोबार भएको भन्दै बैंकले चरम लाहप्रवाहि गरेको पनि बताउनुभयो । त्यस्तै पत्रकारलाई एजिएममा बन्देज गराउने कुराप्रति आपत्ति जनाउनुभयो ।
 
हेर्नुहोस भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको