Like us!
Follow us!
Connect us!
Watch us!

यसपालि भाइटिका २ दिन : कात्तिक १३ गते पनि सार्वजनिक विदा

अर्थ संसार

विहीबार, ०७ कार्तिक २०७६, १८ : ०३ मा प्रकाशित

यसपालि भाइटिका २ दिन : कात्तिक १३ गते पनि सार्वजनिक विदा

अर्थ संसार, काठमाडौं– सरकारले कात्तिक १३ गते बुधबार पनि सार्वजनिक विदा दिएको छ ।

तिथि अनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

२५.२६ प्रतिशत लाभांश पारितसँगै सिद्धार्थ बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर) 

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्ने भन्दै कात्तिक १३ गते विदा दिन माग गरेको थियो ।

सोही अनुसार मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । पाञ्चांङ निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

समितिकै सिफारिसमा सरकारले यसअघि कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो । अब १३ गते पनि विदा  थपिएको छ ।

5db1979fab5f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको