केशव नेपाली
अर्थ संसार, काठमाडौं– नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपस्थित ठूलो चौरमा आयोजना भैरहेको ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ भैरहेको छ । मेला नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध छन् । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् ।
उपभोक्ताले जुत्ताचप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध भएको उपाध्यायले जानकारी दिए ।
भिडियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस