Like us!
Follow us!
Connect us!
Watch us!

विगतकै जस्तो लचिलो मौद्रिक नीति आयो : अध्यक्ष अग्रवाल

अर्थ संसार

विहीबार, २५ असार २०८३, ११ : ३४ मा प्रकाशित

विगतकै जस्तो लचिलो मौद्रिक नीति आयो : अध्यक्ष अग्रवाल

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति अघिल्ला वर्षहरुको निरन्तरताका रुपमा आएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा अध्यक्ष अग्रवालले केही कुराहरु परिवर्त गरेर विगतकै जस्तो लचिलो आएको बताएका हुन् । 

उनले मौद्रिक नीतिमा राष्ट्र बैंकले व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउने कुराले व्यवसायीलाई ठूलो राहत मिल्ने बताएका छन् । ‘यो विषयले धेरै व्यवसायीहरु मर्कामा परेका थिए । यसले धेरै राहात मिल्छ,’ उनले भने । त्यस्तै मौद्रिक नीतिले ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको अवस्थामा सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर आहिस गर्नका चुनौति हुने उनको भनाइ छ । ७ प्रतिशतको आर्थिक वृद्धिहासिल गर्नका लागि करिब २० प्रतिशत कर्जा विस्तार हुनु पर्ने उनको भनाई छ । ‘मौद्रिक नीतिमा ११ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिइएको छ । यसले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नका लागि सम्भव छैन,’ उनले भने । 

नीतिगत कुरा धेरै आएकाले यो मौद्रिक नीतिले लिएको ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्यले अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी निजी क्षेत्रलाई नै दिएको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको