Like us!
Follow us!
Connect us!
Watch us!

बूढीगण्डकी आयोजनाको ढिलाइप्रति काँग्रेसको चासो

अर्थ संसार

सोमबार, ०९ मंसिर २०७६, २१ : ०८ मा प्रकाशित

बूढीगण्डकी आयोजनाको ढिलाइप्रति काँग्रेसको चासो

अर्थ संसार, काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेको छ ।

आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेका धादिङको खहरे बजार क्षेत्र र गोरखाको आरुघाट, आर्खेतलगायत स्थानीयवासीले असन्तुष्टि व्यक्त गरिरहेको र आयोजना कुन ढाँचामा निर्माण गर्ने भन्नेसम्बन्धी कुनै पनि निर्णय नभएकामा सो पार्टीले चासो व्यक्त गरेको हो ।

 काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक हजार २०० मेगावाट क्षमताको सो आयोजनामा भइरहेको ढिलाइले आफूहरुलाई समेत संवेदनशील बनाएको बताउनुभएको छ । आयोजानका लागि रकम जोहो गर्ने भन्दै सरकारले भन्सार बिन्दुमा नै डिजेल र पेट्रोलमा प्रतिलिटर रु पाँच पूर्वाधार कर लगाएको छ । सो करबाट कात्तिक मसान्तसम्म रु ३८ अर्ब रकम जम्मा भएको छ ।

 काँग्रेसले बिनाप्रतिस्पर्धा एक विवादास्पद कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिइएको र हालसम्म काम नै शुरु नभएकामा समेत गुनासो गरेको छ । नेपाल आफैँले निर्माण गर्न जरूरी र सम्भव ठहर गरिएको सो परियोजना लामो समयसम्म अलपत्र पर्नु दुर्भाग्यपूर्ण रहेको काँग्रेसको टिप्पणी छ । नेपाली आफैँले बनाउन सक्ने ठहरका साथ अघि बढाउने सङ्कल्प गरिएको र रकमको बन्दोबस्त गर्ने गति अघि बढिसकेको अवस्थामा आयोजनाको भविष्य के हुन्छ भन्ने प्रश्नसमेत काँग्रेसले गरेको छ । प्रवक्ता शर्माले सरकारलाई सोध्नुभएको छ, “अब समग्रमा बूढीगण्डकीको भविष्य के हुन्छ रु”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको