अर्थ संसार, काठमाडौं - महाराजगञ्ज वितरण केन्द्र अन्तरर्गत ११ केभी ओम फिडरबाट वितरित लाइन चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि आज नेपाल विद्युत प्राधिकरणले विद्युत बन्द गर्ने भएको छ ।
प्राविधिकरणको अनुसार चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धम्बाराही, सुकेधारा लगायतका क्षेत्रमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति प्रभावित हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस