Like us!
Follow us!
Connect us!
Watch us!

विषादी रहित खाद्यान्नको लागि भनिमण्डलको हाट बजार (भिडियोसहित)

अर्थ संसार

बुधबार, १८ मंसिर २०७६, १२ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  ललितपुरको एकान्त कुना झर्ने ओरालो भन्दा अगाडि देखिने बास्केटबल कोट हरेक मंगलबार अपराह्न स्थानीयवासीन्दाले भरिभराउ देखिन्छ । खाली झोला बोकेर आउने स्थानीयवासीन्दा फर्किदा भरीभराउ झोला भित्र विषादीरहित फलफूल र तरकारी बोकरे घर फर्किन्छन् ।



हप्ताको एक दिन आफ्नै ठाउँमा हाट बजार संचालन भएकाले स्थानीय खुसी देखिन्छन् । भनिमण्डल युथ क्लबको आयोजनामा  हरेक मंगलबार हुने  हाट बजार विगत १ वर्षदेखि संचालन हुँदै आएको छ ।  हाट बजारमा अर्गानिक तरकारी, नेपालको विभिन्न स्थानमा उत्पादित लोक खाद्यान्न, गेडा गुडी ,विभिन्न किसिमका अचार, लोकल कुखुरा, स्थानीय खानका परिकारहरु बजारमा पाईन्छ ।

आयोजक तथा भनिमण्डल युथ क्लबका अध्यक्ष श्यामभण्डारी आफ्नो टोलवासीलाई विषादि रहित ताजा फलफूल र तरकारी पस्कदा  खुसी देखिन्छन् ।

स्थानीय उत्पादनहरुलाई स्थानीवासीको घरघरमा पुर्याउनको लागि हाट बजार आयोजना गरिएको उद्यमी तथा आयोजक राजन खड्काले सुनाए । स्थानीयवासी पनि आफ्नो टोलमा विषदी रहित तरकारी पाउँदा खुसीले गदगद छन् । हाट बजारमा पाइने विषादी रहित फलफूल र तरकारी  लोकल मूल्य भन्दा अलि महँगो भएको स्थानीय ग्राहकहरुले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको