Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरको बैंकका कर्मचारीलाई प्रश्न :चेकबुक कसलाई दिनुपर्ने थाहा छैन, यो जस्तो लाजमर्दो कुरा केहि हो ? (भिडियोसहित)

मिलन खड्का

शुक्रबार, २० मंसिर २०७६, १६ : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको कर्मचारीको काम गराई माथि प्रश्न गरेका छन्। 

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीचको मर्जर पछि एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै  डा. चिरञ्जिवी नेपालले भने "बैंकको नियमन निकायको प्रमुख भएर भन्नु पनि लाज लागिरहेको छ , बैंकमा भएको कर्मचारीले बैंकको चेकबुक कसलाई दिनुपर्ने पनि थाहा छैन, यो जस्तो लागमर्दो कुरा केहि हो ,तपाईले कस्तो मान्छे राख्नु भएको छ ।"   

कार्यक्रममा बोल्दै नेपालले राष्ट्र बैंकको मर्जरको पोलेसीलाई साथ दिएकोमा ग्लोबल आइएमई बैंक र जनता बैंकलाई धन्यवाद दिए।  साथै राष्ट्र बैंक  मर्जरको नीतिलाई अगाडी बडाउने  कुरालाई पनि जोड दिए। 

राष्ट्र बैंकले कुनै पनि नीति लिदा धेरै अध्ययन गरेर लिने हुदा यसलाई मनन गरेर अगाडी बढ्न बैंकहरूको ध्यान्नाकर्षण गरेका छन्। 

बैंकहरूले डिजिटलाइजेशनमा न्यून खर्च गरेकोमा समेत गभर्नर नेपाल रुष्ट थिए।  उनले तल्लो कर्मचारीलाई तालिम दिनपर्ने कुरामा समेत जोड दिए।  

हेर्नुहोस भिडियो 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको