अर्थ संसार, काठमाडौं– रसुवागढी हाइड्रोपावर कम्पनीको सातौ वार्षिक साधारणसभा काठमाडौंको भृकुटीमण्डपमा मङ्सिर १९ गते सम्पन्न गरेको छ।  
साधारणसभामा रसुवागढीका लगानीकर्ताले आफ्नो विचार, जिज्ञासा र प्रश्नहरु सभामा राखेका थिए।  प्रतिवेदन समयमा नपाएको , हाइड्रो पावरहरुको शेयरहरुको कमजोर बजार मूल्य, प्रसारणलाइनको अवस्थाबारे लगानीकर्ताहरुले प्रश्नहरु राखेको थिए। 
लगानीकर्ताहरुले उठाएको जिज्ञासा र प्रश्नहरुबारे बोल्दै अध्यक्ष माधव प्रसाद कोइरालाले आफूहरु समयमा नै प्रोजेक्ट सकाउन लागिपरेको बताए। साथै सभमा आएका समस्या अर्को साधारण सभामा सुधार गर्दै जाने पनि प्रतिवद्धता ब्यक्त गरे।   कोइरालाले बोल्दै गर्दा मन्चमै पुगेर आफूले वार्षिक प्रतिवेदनको किताब नपाएको भन्दै एक शेयरधनीले आक्रोश पोखेका थिए।  
सभामा  सञ्चालक समितिको तर्फबाट समितिका अध्यक्षद्वारा आर्थिक बर्ष ०७५/०७६ को बाषिक प्रतिबेदन  प्रस्तुत  गरेका थिए । साधारणसभामा एक विशेष प्रस्ताव सहित अन्य चार प्रस्तावमाथी छलफल र आर्थिक बर्ष ०७६/०७७ का लागी लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण जस्ता अजेण्डाहरु पारित भएका छन्।     
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस