Like us!
Follow us!
Connect us!
Watch us!

सुन–चाँदीको भाउ बढ्यो

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, ११ : ४० मा प्रकाशित

सुन–चाँदीको भाउ बढ्यो

अर्थ संसार, काठमाडौं – आज फेरि सुन र चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ आज फेरि बढेको हो ।अघिल्लो दिन छापावाला सुन प्रतितोला ७१ हजार २०० र तेजाबी सुन प्रतितोला ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ।  चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ८४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको