Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सरकारी कार्यालयको भुक्तानी अनलाइन मार्फत

आइतबार, १५ फागुन २०७३, १२ : १४ मा प्रकाशित

आजदेखि सरकारी कार्यालयको भुक्तानी अनलाइन मार्फत

अर्थ संसार 
काठमाडौं– सरकारी कार्यालयमा भुक्तानी दिन लाईन बसेर हैरान हुनुभएको छ । यदि यस्तो समस्या भोग्दै आउने भएको छ भने अवदेखि सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा अनलाइनमार्फत हुने भएको छ ।

आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुनेगरी व्यवस्था मिलाउन लागिएको छ ।

पहिलो चरणमा आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत गरिनेछ । पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ।

अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्यिरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउँछ। एनसिएचएलले अहिले विभिन्न बैंकहरुबीच पनि अन्तरबैंक विद्युतीय भुक्तानी सेवा दिँदै आएको छ।

त्यसका लागि एनसिएचएलमा आवद्धता हुनुपर्नेछ। अहिले रकम भुक्तानीका लागि चेक साट्न कम्तीमा पाँचदेखि एक महिनासम्म लाग्ने गरेको छ। डिजिटल हस्ताक्षर प्रणालीको प्रयोग अनिवार्य नभएकाले अनलाइन भुक्तानी पूर्णरुपमा कार्यान्वयन आउन भने समय लाग्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको