Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले बैंकलाई मख्ख पार्दै थाल्यो ४० मेगावाट परियोजनाको तयारी (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, ०४ पुस २०७६, १८ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– एक पछि अर्काे जलविद्युत परियोजना सफल बनाउँदै आएको अपि पावर कम्पनी लिमिटेडले  ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत परियोजना निर्माण गर्ने  तयारी थालेको छ । 

कम्पनीले  हालै कार्यक्रमकाबीच निर्माण सम्पन्न ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत परियोजनामा लगानी गर्ने बैंक, वित्तीय संस्था तथा सामान वितरण कम्पनीहरुलाई सम्मान गरेको छ ।  अहिलेसम्म अपि पावर कम्पनीले कूल १६.५ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा जडान गरिसकेको छ ।

 

 माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माणका लागी चाहने सबै स्विकृतिहरु प्राप्त भईसकेको कम्पनी बताउछ।  यो आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति  नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया–बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिने हुँदा यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणको लागी सजिलो भएको छ ।

यो आयोजना बाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुने कम्पनीको थमाई छ ।यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२डायमिटरको Penstock Pipeको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिने कम्पनीको योजना छ। 

अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानीबाट र  बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गर्ने र २०७७ बैसाख महिना देखि सुरु गरी ३६ महिनामा कार्य सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको