Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंक र सिभिल बैंककाे साधारण सभा आज, कहाँ र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १० : २१ मा प्रकाशित

लक्ष्मी बैंक र सिभिल बैंककाे साधारण सभा आज, कहाँ र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – आज (पुस ६ गते, आइतबार) लक्ष्मी बैंक र सिभिल बैंकले साधारण सभा आयोजना गर्दैछन् । दुबै बैंकहरुले लाभांश वितरण र मर्जरकाे प्रस्ताव सहित आज साधारण सभा आयोजना गर्न लागेको हुन् ।

लक्ष्मी बैंकको १९औँ वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरीमा दिउसाे ठिक २ बजे शुरु हुनेछ । सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन  ५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएकाे छ ।

बैंकले साधारण सभाका लागि मंसिर २३ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो। यसअनुसार मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

त्यसैगरी, सिभिल बैंककाे नवौँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा अहिले बिहान ११ बजे सुरु हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर २३ गतेदेखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता किताब बन्द गरेको थियो । मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको