Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा पहिलो पटक ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने, सँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो

अर्थ संसार

सोमबार, ०७ पुस २०७६, १८ : १४ मा प्रकाशित

चितवनमा पहिलो पटक ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने, सँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो

अर्थ संसार, काठमाडौं– आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निरसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरका २ वटा एक्स्पो आयोजना हुने भएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो ।

एएस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा दुवै मेलाको आयोजना हुन लागेको हो । पछिल्लो समय आधुनिक शैलीमा घर तथा आवासीय भवनको निर्माण तिब्र बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै चितवन प्रदर्शनी स्थलमा मेला आयोजनागर्न लागिएको हो ।

घर जग्गा तथा निर्माण मेलामा आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र प्रविधि आकार्षण बन्ने एएस इभेण्ट एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए ।

‘जगदेखि निर्माण पछिको अन्तिम सजावटसम्मका सबै सामग्री र त्यसको प्रविधिकाबारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउनएकै छानामुनी दुई वटा मेला आयोजना गर्न लागिएको हो ।’ श्रेष्ठले भने ।
फर्निचर तथा सजावट मेलाको टाइटल स्पन्सरमा जेम फ्लोरिङ रहेको छ भने हाइटेक्स कार्पेटले मुख्य प्रायोजन गर्नेछ ।

त्यसै गरी दुवै मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवद्र्धन गर्ने छन् । रेष्ट्रोलोजी, अधिकारी क्रिएटिभ कन्सर्न र ब्रिजएजुकेशन फाउण्डेसनले दुवै मेलालाई सपोर्ट गर्ने छन् । विलासिताबाट अपरिहार्य बन्दै गएको फर्निचर तथा सजावटका उत्पादनलाई पनि एकै पटक मेलामाआकर्षणका रुपमा समावेश गरिएको अर्को आयोजक संस्थाइभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । चार दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको