Like us!
Follow us!
Connect us!
Watch us!

सान्भि इनर्जीको विद्युत उत्पादन पुनः शुरु

अर्थ संसार

विहीबार, २५ असार २०८३, १० : १३ मा प्रकाशित

सान्भि इनर्जीको विद्युत उत्पादन पुनः शुरु

सान्भि इनर्जीले इलाममा रहेको ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः शुरु भएको जनाएको छ । कम्पनीले २०८२ असोज १७ देखि १९ गतेसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण आयोजनाका विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि विद्युत उत्पादन पूर्णरूपमा बन्द भएको थियो ।

क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः स्थापना सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको