अर्थ संसार, काठमाडौं– नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि. ले ‘जेसीबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ ।
नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबीको पार्ट्समा ३ महिनादेखि ६ महिनासम्मको वारेन्टी उपलब्ध हुनेछ भने टायरमा १ बर्षकोउपलब्ध हुनेछ। साथै, जेसीबीले बजारमा उपलब्ध सामान्य ग्रिजभन्दा गुणस्तरीय ग्रिज ‘पर्फर्मेन्स ग्यारेन्टी’ साथ ग्राहकमाझ ल्याएको छ ।
‘हामीले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखी, पार्टपूर्जामा ३ महिनादेखि ६ महिना तथा टायरमा १ वर्षको वारेन्टी साथै २५० डिग्री सेल्सियससम्मको तापक्रम थाम्न सक्ने क्षमता भएको ग्रिज सुपथ मूल््यमा उपलब्ध गराएको छौं ।
यो ग्रिज बजारमा पाइने ब्रान्डेड ग्रिजभन्दा सुपथ मूल्यकोसाथै उच्च गुणस्तरको छरलोकल ग्रिजको भन्दा दुई गुना बढी हुने भएकाले ग्राहकको धेरै पैसा बचत हुन्छ,’ एमएडब्लु अर्थमुभर्सका चिफ सर्भिस म्यानेजर दिपेन बज्रचार्यले भने ।
देशभर १२वटा शाखा, १५ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र टेली ह्यान्डलर लगायत उत्पादन बजारमा छन् ।
इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस