Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली प्रहरी, सक्कली प्रहरीको फन्दामा

अर्थ संसार

विहीबार, १० पुस २०७६, ०८ : ०५ मा प्रकाशित

नक्कली प्रहरी, सक्कली प्रहरीको फन्दामा

अर्थ संसार, काठमाडौं -‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

८ अर्ब चुक्ता पुँजी पुर्याउँदा मार्केट ध्वस्त छ,१६ अर्ब पुर्याउन सहज छैन-ज्ञानेन्द्र प्रसाद ढुंगाना

उहाँका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ ।

आज खण्डग्रास सूर्यग्रहण : दान गर्नु धेरै उत्तम,दान कसैले नखानु -ज्योतिष गंगा प्रसाद ढुङ्गानाको यस्तो सल्लाह (भिडियोसहित) 

अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको