Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारलाई चार कम्पनीले बाेलाए साधारण सभा, कहाँ-कहाँ हुँदैछ ?

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १६ : २० मा प्रकाशित

शुक्रबारलाई चार कम्पनीले बाेलाए साधारण सभा, कहाँ-कहाँ हुँदैछ ?

अर्थ संसार, काठमाडाैं - भाेली (शुक्रबार) चार कम्पनीले साधारण सभा आह्वान गरेका छन् । हिमालयन क्यापिटल लिमिटेड,सामुदायिक लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी कम्पनी र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले साधारण सभा बाेलाएका हुन् ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको साधारण सभा अम्रपाली बैंक्वेट, काठमाडौंमा हुनेछ । कम्पनीले २ दशमलव ३५ प्रतिशत बोनस शेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लक्ष्मी बैंकको सिइओ अजय विक्रम शाहको तलब/भत्ता १ करोड २१ लाख , कार्यालय खर्च ५३ करोडमाथि, कर्मचारीको कति ?

त्यसैगरी, सामुदायिक लघुवित्तको साधारण सभा लहरीखर्क रिसोर्ट, बनेपामा हुने भएकाे छ । साथै, लिवर्टी ईनर्जी कम्पनीको साधारण सभा अमृतभोग कालिकास्थानमा र हिमायलन क्यापिटलको कम्पनीको रजिष्टर्ड कार्यालय त्रिदेबी मार्ग, ठमेलमा हुनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको